काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
आईतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग पनि छलफल भइरहेको बताउनु भयो । उहाँले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ । गठन आदेशबाट निर्माण भएको छ । यसको कानून बनाउनै बाँकी छ । हाम्रो तर्फबाट हुने ऐन, कानून निर्माण गर्नेकुरा बाँकी छ । ऐन कानून बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ । हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरुमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ । अरु मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ । खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ ।’
मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गर्नुभयो । खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरु लागेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच