काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताउनु भयो । उहाँले १३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताउनु भयो । उहाँले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताउनु भयो । सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३ औं सागमा २०७ जनामा १ सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरु विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरु देशमै रहने वातावरण बन्छ । खेलाडीहरुको छोराछोरीको शिक्षादिक्षा राम्रो हुन सक्नुपर्छ । त्यो व्यवस्था हामीले गर्नुपर्छ । उहाँहरुलाई रोजगारी दिनुपर्छ । आर्मी, पुलिस र सशस्त्र बाहेकले रोजगारी दिन सकेको छैन । रोजगारी सिर्जना गरिदिनुहुन आग्रह गर्दछु । अर्को कुरा स्वास्थ्य हो । त्यो हुनसके हाम्रो देशमै खेलाडीहरु रहनेछन् र शिर उँचो राख्नेछन् । खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्दछु ।’
मन्त्री चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको बताउनु भयो । नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच