✍️ सुरेशकुमार भट्ट
साइतले दिने राजाले पनि दिँदैन भन्छन् । त्यसैले मानिसहरू घर बसोवास गरेको ठाउँबाट साइत हेराएर हेरेर साइतको शुभ शकुन राखेर खाएर हिँड्ने गर्छन् । त्यसैले साइतको घडा वा मंगलसूचक वस्तुहरू राख्ने खाने आदि पनि गरिन्छ । साइत गर्दा खानुपर्ने र खान नहुने वस्तु बारेमा पनि धेरै तर्कवितर्क छन् । मासु खाएर यात्रा गर्नु हुँदैन भन्छन् तर माछा साइतका लागि राम्रो मानिन्छ । जाने दिशा अनुसारको खानेकुरा तोकिएको हुन्छ । साइतको बेलामा बिरालाले वा सर्पले बाटो काट्नुले अशुभ संकेत मानिन्छ । त्यसैगरी रित्तो गाग्री देखिनु पिसाब गरिरहेको देख्नु, स्तन देख्नु वा कपालको झाँक्रो फिजाएको देखिनुलाई अशुभ अपशकुन मानिन्छ ।
साइतको बेला कुकुर रोयो, काग करायो, स्याल रोयो भने पनि अपशकुन मानिन्छ । तीनजना नहिँड्नु भनिन्छ । हिँड्ने बेलामा जुत्ता दाहिने देब्रे वा घोप्टो परेमा सके अनिष्ट होला त्यति नभए काम कुनै हालतमा बन्ने छैन । बार र दिशामा पनि साइत निर्भर गर्छ तर सबैलाई एकैनाश हुँदैन । तापनि कुनै बार अनिष्ट सबैको नै हुन्छ । यी सबै कुरालाई लिएर हेर्दा लमसममा प्रायः यी कुरा मिल्न आएको पनि देखिन्छ । सयन कक्ष/सुकला गर्दा उत्तर सिरान गर्नु हुँदैनभन्दा अन्धविश्वास भन्थे अहिले पृथ्वीको गुरुत्वाकर्षण उत्तरी ध्रुवमा हुने हुनाले त्येसको प्रभाव पर्छ ।
पश्चिमाहरू हाम्रो पूर्वतिरका व्यवहारलाई अन्धविश्वास भन्छन् तर उनीहरूले पनि कति कुरालाई मानिआएको तर्फ भने ध्यानै दिएको देखिँदैन । अमेरिकनहरू तेह्रलाई अशुभ अंक मान्छन् । उनीहरू आफ्नो घरमा तेह्रौं तला या त नाम मात्रको बनाउँछन् वा तेह्रौं तलामा बस्दै बस्दैनन् ।
त्यसैले त्यसो गर्नु हुँदैन भन्ने पनि भइरहेको छ । यिनै कुरालाई लिएर पश्चिमाहरू र केही पूर्वीयहरूमा पनि यो त अन्ध विश्वास हो भन्नेको कमी छैन तापनि पूर्व, पश्चिम, उत्तर, दक्षिण जुन भूगोलमा पनि धेरै थोरै अन्धविश्वास भन्दै गर्ने मान्दै गर्ने गरेको देखिन्छ । त्यसैले सूक्ष्म रूपमा विश्वमा कहाँ के कस्ता अन्धविश्वास २१औं शताब्दीमा पनि मानिआएकै छन् भनेर खोजमेल गरी यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ । पश्चिमाहरू हाम्रो पूर्वतिरका उल्लेखित कुरालाई सुपरस्ट्रिट/अन्धविश्वास भन्छन् तर उनीहरूले पनि कति कुरालाई मानिआएको तर्फ भने ध्यानै दिएको देखिँदैन । अमेरिकनहरू तेह्रलाई अशुभ अंक मान्छन् । उनीहरू आफ्नो घरमा तेह्रौं तला या त नाम मात्रको बनाउँछन् वा तेह्रौं तलामा बस्दै बस्दैनन् ।
ट्विन टावरको हमलापछि ११ को अंकमा समेत अनकनाउने गरेका त छैनन् ? किनकि दुर्घटनाको नामै (९-११) नाइन इलेभेन भनिन्छ । धेरै ११ त्यस घटनामा भेटिन्छ । त्यसैगरी हरेक कुरामा देब्रेको पछाडि पनि त केही होला ? लस एन्जल्सको नाम पनि त बदलेका छैनन् किनकि त्यहाँ देवदूत हराएको श्रुति कथा कायमै छ । देवदूत फर्केर आउँछन् भन्ने कतै कसैमा विश्वास अझै नहोला भन्न पनि सकिँदैन । यसैगरी क्यालिफोर्नियामा नांगे दौड जुलुस पर्वले केको संकेत गर्छ होला ? अब अरू हेरौं तेह्रको अंक किन अशुभ मानिन्छ ? सन् १८९० मा अंग्रेजी भाषा विज्ञहरूले आफ्नो खोजको निर्णय सतहमा ल्याए । ईशुख्रिष्टको बारे यो निर्णय सम्बन्धित छ ।
१. लास्ट सुपर-अन्तिम भोज १३ किसिमको चिजबाट बनेको थियो । त्यो तेह्र तारिखको दिन थियो ।
२. ईशुख्रिष्टलाई बिट्रे गर्ने मानिस १३ नं. मा थियो ।
३. टेबुलमा तेह्रजना थिए ।,
४. अन्त्यमा तेह्रैजनाले बिट्रे गरे ।
५. १३ को अंक अडमिल्दो हुन्छ तर बाह्र हुँदैन ।
६. १३ र ११ अडमिल्दा र अमेरिकाको लागि अशुभ पनि हुन् भन्न पनि सकिन्छ कि ?
यसरी उनीहरू तेह्रको (१३) अंक अनिष्ट मान्ने गर्दछन् जसमा पुराना विश्वास गर्नेहरू अमेरिकामा १० देखि १५ छन् । तेह्र अत्यधिक संख्यामा अमेरिकीहरूको पनि डरको संख्या हो । नेपालको हालको जनसंख्याभन्दा दोब्बर बढी अमेरिकामा यस्ता अन्धविश्वासी छन् भनिन्छ । अमेरिकी आदिवासीमध्येका माया, इन्का र एज्टेक जाति प्राचीन एशियाका मय नामका दानवका सन्तान हुन् भनिन्छ । हिम युगअघि नै यिनीहरूका पुराना पुस्ता अमेरिका अर्थात् पाताल पसिसकेका थिए । बली अति धनी देशका राजा थिए । उनी दानवीर पनि थिए । उनको दानको चर्चाले इन्द्रसमेत हड्बडाएका थिए ।
त्यसैले बलीको दानवीरताको शेखी झार्न वामन अवतारी चमत्कारीको रूपले छल गरी ‘तीन पाउ जमिन दान देऊ’ भने । दानवीरले पनि कुनै षड्यन्त्र छ कि भन्ने नसोची मागेको तीन पाउ जाबो जमिन के हो र, यो सानु झिनो दान भन्ठानेर हुन्छ भने पहिलो पाउ स्वरूप राज्य नै दिनु प¥यो वामनको पाउले ढाक्दा, दोस्रो पाउ लेऊ । राजाले भने सोचे के दिने ? असमन्जसमा परी बाध्य भएर आफ्नै शिरमा दोस्रो पाउ राख भने तर अब तेस्रो पाउ कहाँ दिने ? के दिने ? कहाँ राख्ने ? कुनै उपाय नभएपछि बोलकबोल पूरा नगर्दा ब्रम्हाण्डकै धनी र दानवीर बली बाँधिएर पाताल अर्थात् हालको अमेरिका खेदिए । त्यसैले यो पाताल देशलाई बली राजाको देश धन कुबेरको देश पनि भनिन्छ ।
विश्वास र भनाइ पूर्वीय र पश्चिमाहरूको अलगअलग भए पनि विद्यमान अन्ध विश्वासको सार उस्तैउस्तै छ । प्राचीन मिश्रदेखि वर्तमानसम्म र क्रिश्चियन पनि साइत नपरी हिँड्नुलाई अपशकुन अर्थात् दुर्भाग्य वा नराम्रो मान्छन् ।
केही सांस्कृतिक अवशेष पनि यहाँ भेटिन्छ । नर्थ केरोलाइनामा चेरोकी भन्ने जाति छन् । एउटा काउन्टीको नामै चेरोकी छ । तिनीहरूले एउटा ‘अग्नि ताप’ पर्व अर्थात् हाम्रो पूर्वी शास्त्रीय पञ्चाग्नि तापे जस्तै गरी ताप्ने गर्दछन् । अनि हामीले चरु हुमे झैं तिनीहरूले धुपी फ्ऽस् फ्वाऽस् होम्छन् । अब युरोपलगायत विश्वभरिकै सूक्ष्म रूपमा त्यहाँका परम्परागत पुराना धारणा र विश्वासलाई पनि नियालौं । प्राचीन ग्रिकहरूको दैवी शक्तिप्रतिको विश्वासमा के थियो भने देवता त अग्लो ठाउँमा मात्र बस्छन् डाँडाकाँडाका थुम्कामा सबैतिर देख्न सकिने ठाउँमा भन्ने विश्वास थियो । युरोपलगायत विश्वका हाम्रो संस्कारसँग मिल्दाजुल्दा केही कुरा पनि यहाँका प्रसंगवस समावेश गर्न उचितै होला भन्ने लागेर प्रस्तुत गरिएको छ ।
१- हामी सातलाई शुभसूचकका रूपमा लिन्छौं । सप्तऋषि, सप्तधान्य, सात सूर्य उदाय जत्तिकै, सप्त मृत्तिका, सत्ता पल्टिनु, सात तली बाचा, सात जन्म, सप्त कन्या, सातदिन सात रात, सप्ताह, सात सौता पैतालाको धुलो एउटा झट्केलो मुटुको किलो, सातौं गर्भ कन्या आठौं भगवान श्रीक्रिष्ण, सात फन्को सात समुद्र, सप्तद्विप, सप्तसती, सप्तसागर आदि ।
२-हामी फुटेको ऐना हेरेमा भाग्य फुट्छ भाग्य बिग्रिन्छ भन्नेमा छौँ भने युरोपियनहरू फुटेको ऐना हेरेमा दुर्भाग्य निम्त्याउँछ भन्नेमा विश्वास गर्छन् ।
३-हामी झ्यालको सिसा फुटेको छ र राखियो भने बिहानै उठ्दा हेर्दा अपशकुन हुनसक्छ भन्ने विश्वास गर्छौं । त्यसैगरी युरोपियन र खास गरी ग्रीकहरू सिसा फुटेको झ्याल राखिरहृयो भने सात वर्षसम्म पनि देवता आउँदैनन् भाग्य फर्कन्न भन्नेमा विश्वास गर्छन् ।
४-तेह्रौं महिनाबारे पूर्र्वीय र पश्चिमीहरूमा मिल्दाजुल्दा धारणा;रू छन् । बाह्र महिनामात्र नभई तेह्र महिना पनि हुन्छ भन्ने मान्यता छ जसअनुसार पुरुषोत्तम महिना मलमास भन्ने चलन छ जसमा हिरण्यकश्यपुको मृत्यु गराइएको थियो । त्यसै गरी चान्द्रमान अनुसार आउने तेह्रौं महिना हो मलमास जुन राम्रो मानिँदैन पनि । त्यसैले त धर्मकर्म पूजापाठ पनि पुरुषोत्तम भगवानको मात्र गरिन्छ अरूको खासै गरिँदैन । त्यसैगरी ग्रेगरियन पात्रो चलाउने सन्मा लिप एयरबारे यहाँ भनिरहनै पर्दैन । तेह्रौं महिना युरोपमा पनि नराम्रो अनिष्ट दुर्भाग्य मानिन्छ, त्यसै गरी तेह्र गते÷तारिख पनि नराम्रो मानिन्छ । अर्कोतर्फ नेपाल भारतमा मानिस मरेपछिको शुद्धशान्तिको दिन हो तेह्रौं दिन । यस दिनमा त्यो वंशमा अरू कुनै शुभकार्य गरिँदैन किनकि यो अशुद्ध र अशुभ दिन हो ।
५-यदि खरायोको खुट्टा प¥यो बाटो काट्यो भने शुभ फल दिन्छ प्रेत हटाउँछ र कवचले झैँ रक्षा गर्छ भन्ने ब्रिटिशहरूमा विश्वास छ । हाम्रा पूर्वीयहरू पनि खरायोलाई शुभ नै मान्छन् । खरायो घरभित्रै पाल्छन् । पवित्र मान्छन् । द्वापर युगमा भगवान कृष्णले गाईसँगै खरायोलाई पनि पालेका थिए । त्यस्तै कण्व ऋषिको आश्रममा मृगसँगै खरायो पनि पालेका र आफ्नै हातले हरियो घाँस खुवाउने गरेका थिए । खरायो मायालाग्दो र गुनिलो, पवित्र, पूज्य जनावरका रूपमा पूर्वीय संस्कारमा लिइन्छ ।
६- गतवर्षको कुरा हो जनवरी १३ मा शुक्रबार पनि पर्यो । त्यसैले उक्त चालु सन् २०२३ लाई नराम्रो वर्षका रूपमा एक थरी क्रिश्चियनहरूले लिएका थिए । जसरी नेपालीहरू आठौं बाह्रौंलाई अनिष्ट मान्छन् ।
७- नेपालीहरू बिरालो साइतमा नदेखियोस् भन्छन् । देखिएमा अनिष्ट मानिन्छ । झन् बाटो काटेमा कतिपयले त साइतै गर्दैनन् फर्कन्छन् । अझै कालो बिरालो देखे बाटो काटेमा कुनै हालतमा पनि दुर्दशा दुर्भाग्य पर्छ भन्छन् । यसलाई बोक्सीको रूपमा पनि लिन्छन् । राति देखेमा झन् डराउँछन् । त्यसैगरी पश्चिमका पुरातनवादीहरू पनि बिरालोलाई बोक्सीको रूपमा लिन्छन् हेर्छन् । ग्रिकहरू अझै बिरालोलाई बोक्सीको रूपमा लिने गर्दछन् ।
८-विश्वास र भनाइ पूर्वीय र पश्चिमाहरूको अलग-अलग भए पनि विद्यमान अन्ध विश्वासको सार उस्तैउस्तै छ । प्राचीन मिश्रदेखि वर्तमानसम्म र क्रिश्चियन पनि साइत नपरी हिँड्नुलाई अपशकुन अर्थात् दुर्भाग्य वा नराम्रो मान्छन् किनकि त्रियक ईश्वरको अनुहार हो जसमा भ¥याङ भित्तामा अड्याउँदा त्रियक बन्छ त्यो त्रियक भनेको ईश्वर हो त्यसैले ईश्वरको अनादर हुन्छ र यसमुनि जान हँुदैन भन्छन् । हाम्रा नेवार जातिको पर सर्नुअघि नै कुमारी छोरीको ‘ईहि’ बेल विवाह गरेर सात दिन कुना/गुफा राख्ने (बारादेऊ) छोरा मान्छे र सूर्यको मुख न हेर्ने गरी सात दिन कुना त्रियक (गुफा) राख्ने चलन छ ।
यसरी कुना राख्दा केही गरी गुफा राखेकी नानी मरेमा बाहिर ल्याउनु हुँदैन । त्यसैले भर्याङमुनि गाडिन्छ । त्यही भएर नेवारको घरमा ख्याक हुन्छ भन्ने एकातिर चलन छ भने अर्कोतिर नेवारहरू भर्याङ उक्लिँदा ओर्लिदा ‘बिनाबी/बिनाबी’ नाघिएला है/बाटो देऊ है भन्ने अर्थमा लिइन्छ । अन्य जातिमा अर्कोतिर खानेबेलामा अगेनामा नाल गाड्याछ र ? भन्छन् भने, भर्याङका कुनामा साल गाड्या छ र बाटो नछोडेको पनि भन्छन् । भ¥याङमुनि बसे नाघिन्छ भनेर पनि बस्दैनन् । भर्याङमुनि खानेकुरा र अरू कुनै पवित्र चिजवस्तु पनि राखिँदैन ।
९-मान्छेको काँधमाथिबाट नुन फालिदियो भने भूत शैतानको आँखामा पर्छ अनि त्यसको आँखा बन्द हुन्छ, अन्धो हुन्छ र केही गर्न सक्दैन भन्ने परम्परावादी क्रिश्चियनको विश्वास छ । तर, हामीकहाँ अर्थात् यदि मरेको मान्छे वा जनावरको लाशमा नुन राखियो भने छिटो गल्छ भन्ने चलन छ । परिवार नातेदारले केही दिन नुन बार्ने चलन छ ।
१०- बेलायततिर घरभित्र छाता खोल्न हुँदैन खोलेमा बच्चा बिरामी वा घाइते हुन्छन् भन्ने चलन छ । हामीकहाँ पनि कतै कतै अलच्छिन लाग्छ भन्छन् । पाहुना लाग्छ भन्ने चलन पनि छ । छाता बोके लौरो टेके वा कुचो ठड्याए पाहुना लाग्छ भन्छन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच