काठमाडाैं । केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् ।
रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताउनु भयो । राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग गर्न स्रोत परिचालन गर्न निर्देशन दिनुभयो ।
आगलागीमा परी मृत्यु हुनेको उमेर सातदेखि ११ वर्षको रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरी सेवाका प्रवक्ता रेसिला ओनयाङ्गोले आगलागीको कारण पत्ता लगाउन सुरक्षा विज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको बताउनु भयो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।