
लिस्बोन । युरोपियन नेसन्स लिगमा पोर्चुगलले स्कटल्याण्डलाई हराएको छ । कप्तान क्रिष्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलले स्कटल्याण्डमाथि २-१ को ‘कमब्याक’ जित हात पारेको हो । लगातार दोस्रो जितपछि समूह ‘ए’ मा पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा छ ।
क्रोएसिया र पोल्याण्डको समान तीन अंक रहँदा स्कटल्याण्डले खाता खोल्न सकेको छैन । पोर्चुगलमै भएको खेलमा अग्रता भने स्कटल्याण्डले बनाएको थियो । स्कट म्याकटोमिनीले सातौँ मिनेटमा अग्रता दिलाएपछि घरेलु टोली दबाबमा आएको थियो । ५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल गर्नुभयो ।
खेल सकिन दुई मिनेटअघि रोनाल्डोले विजयी गोल गर्नुभयो । ३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन आफूलाई निरन्तरता दिइरहेको छ भन्ने कुरा क्रिस्टियानो रोनाल्डोले प्रमाणित गरिरहनुभएको छ । बिहीबार क्रोएसियामाथि २-१ को जित निकाल्दा रोनाल्डोले आफ्नो करियरको ९००औँ गोल पूरा गर्नुभएको थियो ।
राती नै भएको समूहको अर्काे खेलमा क्रोएसियाले पोल्याण्डलाई १-० ले हरायो । पोल्याण्डविरुद्धको जितमा ‘बड्डे ब्वाइ’ लुका मोड्रिचले गरेको निर्णायक गोलमा क्रोएसियाले १-० को जित हात पारेको हो । क्रोएसियाका कप्तान मोड्रिच सोमबार ३९ वर्ष पुग्नुभएको हो ।
मोड्रिचले आफ्नो देशका लागि १८० खेलमा २७औँ गोल पुर्याउनुभएको छ । बिहीबार नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलसँग २-१ गोलअन्तरले पराजित भएको क्रोएसियाले सुरुवातदेखि नै दबाब सिर्जना गरेको थियो । तर, डुजे कालेटा-कार र मोड्रिचले मौका पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ खेल गोलरहित बराबरीमा टुंगिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच