काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) यू-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गर्नुभयो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिप खेलको टोलीमा रहनुभएका विशाल बिसी, मदन पौडेल, निङ्साङ लिम्बू, जनप्रकाश बम, हरिशराज भट्ट र रोहन खड्गी टोलीबाट बाहिरिनुभएको छ ।
अमित टमाटा, निर्मल बल, दीपक थापामगर, प्रशान्त लक्छम, धनसिंह विक र निमावांगेल तामाङले भने टोलीमा स्थान बनाउनुभएको छ । छनोटको समूह ‘बी’ मा रहेको नेपालसँगै चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म चाइजिज ताइपेइमा हुनेछन् ।
नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ मा उज्वेकिस्तान र २७ मा बहराइनको सामना गर्नेछ । नेपाली टोलीमा गोलकिपर जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा हुनुहुन्छ । यस्तै, रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर रहनुभएको छ । यसैगरी मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्षु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहनुभएको छ । फरवार्डतर्फ भने अनिल बम्जन, धर्मेन्दर कुँवर, धनसिंह विक, निमावांगेल तामाङ, निरज कार्की, निराजन धामी र समिर तामाङ रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच