काठमाडौं । हरि रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन गरिएको छ । पुस्तकको काठमाडौंको प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राडा.अच्युत वाग्ले, योजना आयोग सदस्य गीता पौड्याल अधिकारी, नेता घनश्याम भुसाल, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन कार्यक्रममा रोकाले राजनीतिक व्यवस्था परिवर्तन भएपछि अर्थतन्त्रको अवस्था परिवर्तन हुन्छ र मुलुक विकासतर्फ अघि बढ्छ भनिए पनि कार्यान्वयनमा ती कुरा लागू नभएको टिप्पणी गर्नुभयो । संविधानमै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्ने व्यवस्था रहेकोमा त्यसको कार्यान्वयनको अवस्था कस्तो छ भनी सोधिएको प्रश्नमा नेकपा एसका महासचिव घनश्याम भुसालले समाजवादको भाष्य नै बिगारिएको जिकिर गर्नुभयो ।
योजना आयोगकी सदस्य अधिकारीले केन्द्रमा योजना बन्ने गरेपनि स्थानीयस्तरमा कार्यान्वयन नभएको बताउनुभयो । अर्थविद् एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा.वाग्लेले अर्थतन्त्रको ज्ञान नभएका व्यक्तिहरूले अर्थतन्त्रको व्यवस्थापन गर्दा समस्या आएको धारणा राख्नुभयो । जनताबाट निर्वाचित हुनु नै दक्षिता हो भन्ने धारणाले अर्थतन्त्रको विकासमा बल नदिने उहाँको भनाइ थियो । पुस्तकमा १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध समेटिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच