काठमाडौं । नेपाली राजनीति तथा साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्ती उहाँको जन्मसन्दर्भ पारेर ‘१११औं बी.पी.जन्मदिवस साहित्यिक उत्सव’ शीर्षकमा आयोजना गरियो । नेपाली लेखक संघ काठमाडौं जिल्ला कार्य समिति आयोजक रहेको उक्त कार्यक्रम सुन्दरीजलस्थित बी.पी.संग्रहालयमा आयोजनना भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नेपाली लेखक संघ काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष बिसु केसीको सभापतित्व रहेको थियो । कार्यक्रममा सभापति केसीले आगन्तुकहरूलाई स्वागत गर्नुका साथै कार्यक्रममको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
पानसमा दीप प्रज्ज्वलन गरी प्रमुख अतिथि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले कायक्रमलाई सम्बोधन गर्दै वर्तमान समयमा बी.पी.का विचारहरूको सान्दर्भिकता अझै बढ्दै गएको विचार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा पर्यटनमन्त्री बद्री पाण्डे, प्रदेश सांसद सन्तोष चालिसे विशिष्ट अतिथि रहनुभएको थियो । सो कार्यक्रममा प्रमुख वक्तका रूपमा रहनुभएका राजनीतिक विश्लेषक कृष्ण खनालले ‘विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना, राजनीतिक चिन्तन र सुन्दरीजल’ विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बी.पी.को विचार र पार्टीको वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । नेपाली लेखक संघ काठमाडौंका महासचिव गणेश भटट्ले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा परिसंवाद आयोजना भएको थियो । नेपाली लेखक संघ काठमाडौंका सदस्य विनोद दाहालले सञ्चालन सहयोगीको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सहअध्यक्ष डा.रत्नमणि नेपाल वार्ताकारका रूपमा रहनु भएको थियो उक्त यरिसंवादमा डा.तुलसीप्रसाद भट्टराई, डा.ज्ञानु पाण्डे तथा नारायण ढकालको संलग्नता रहेको थियो । उक्त कार्यक्रम पनि बीपीको साहित्यिक तथा राजनीतिक विचारसँग संबद्ध थियो ।
अर्को चरणको कार्यक्रम साहित्यिक कार्यक्रमका रूपमा सञ्चालन भएको थियो । कार्यक्रममा साहित्यकारहरूले रचना वाचन गनुए भयो । बिमुन्स पौडेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा आआफ्ना रचना वाचन गर्ने साहित्यकारहरूमा ज्ञानुवाकर पौडेल, प्रा.पुरुषोत्तम दाहाल, रामबहादु्र पहाडी, बमबहादुर थापा जिताली, कलानिधि दाहाल, शेखर गिरी, रामहरि कोइराला, सुरेश भट्टलगायत साहित्यकारहरू रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच