काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानले २०८० सालमा प्रकाशित भएका आफूलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ तथा संक्षिप्त सूचीमा पाँच पुस्तक सार्वजनिक गरेको थियो ।
संक्षिप्त सूचीमा परेका पाँच पुस्तकमध्येबाट प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई पुरस्कृत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाउनुभएको छ । प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मूहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ ।’
त्यसैगरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय साहित्यिक अभियन्ता तथा चिन्तक सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । चामलिङ २५ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री बन्नुभएको थियो ।
त्यसैगरी समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्व राजदूत तथा नागरिक अभियन्ता प्राडा.केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । यी सबै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच