काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ)दीपकराज जोशीले पदबहाली गर्नुभएको छ । पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बोर्ड सार्वजनिक निजी, साझेदारी (पिपिपी) मोडलको संस्था भएकाले सोही उद्देश्य अनुरूप काम गर्नुपर्नेमा जोड दिनुभयो ।
समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटन अघि लैजानु आजको आवश्यकता भएको उहाँको भनाइ थियो । आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास जस्ता कार्य प्राथमिकतामा रहने जोशीले बताउनुभयो । आफू कुनै पूर्वाग्रह नराखी काम गर्ने भन्दै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनसाथ काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएको भन्दै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताउनुभयो । बोर्ड कार्यकारी समितिको भदौ २० गते बसेको ३७९औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँ यसअघि पनि बोर्डको प्रमुख कार्यकारी अधिकृत रहिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच