रोल्पामा भरुवा बन्दुकको कुण्डल प्रहार गरी एक जनाको हत्या

एल.बि. मगर रोल्पा
Read Time = 2 mins

रोल्पा । रोल्पामा भरुवा बन्दुकको कुण्डल प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सोमबार दिउँसो करीब १२ः३० बजेको समयमा थवाङ गाउँपालिका–२ जाजरकोट टोल बस्ने करीब ७१ वर्षीय सारु रोकाको सोही ठाँउ बस्ने ३५ वर्षीय राम कुमार रोकाले एक नाले भरुवा बन्दुकको कुन्डले टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र बहादुर केसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले रोकालाई आफ्नै घरमा मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा नियण्त्रणमा लिएको बताएको छ ।

घटनामा प्रयोग भएको बन्दुक घटनास्थल देखि करीब ७५ मिटर तल रहेको झाडीबाट फेला परेको थियो । साथै घटनाको बारेमा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा ५ जनाको टोली खटाइएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *