अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँचीको आयोजनामा १११ औं बिपी जयन्ती मनाइएको छ।। उक्त अबसरमा जिल्ला अस्पतालमा रहनुभएका बिरामीहरुलाई पूर्ण स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशब श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो। सभापति श्रेष्ठले बिपीको विचार र सिद्धान्त अहिले पनि उत्तिक्कै सान्दर्भिक रहेको बताउँनुभयो ।
उहाँले नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादले गर्दा मुलुक अहिलेको अवस्थामा पुगेको बताउँनुहुँदै बिपीको सिद्धान्तलाई कांग्रेसले तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो। एउटा कांग्रेस पार्टी मात्र नभई अरु राजनीतिक दलले पनि बिपीको बिचार अंगालेर आगाडी बढेको उहाँको दाबी छ ।
हिमालयन टाइम्सका संवाददातासंग कुरा गर्दै नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसालले अहिले चलिरहेको वर्तमान नेपाली राजनीतिमा नेपाली कांग्रेसले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्शका सम्बन्धमा खुल्ला रूपमा बहस गर्नुपर्ने बताउनु भयो । पार्टीलाई कोइरालाकै सिद्धान्त र आदर्शको बाटोमा डोर् याउनुपर्ने भुसालको भनाइ छ ।
जिल्लाको सिङ्गो पार्टी सम्पूर्ण शुभेच्छुक भातृ संस्थाहरू द्वारा महामानव बिपी कोइरालाप्रति भावपुर्ण श्रद्धासुमन व्यक्त गरेको छ।