बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले शिक्षक दरबन्दी मिलानको नाममा व्यक्तिगत प्रतिशोध साध्ने गरी सरुवा गरेको पाइएको छ ।
यसरी व्यक्तिगत प्रतिशोध साटने आफैले बनाएको शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० दोस्रो संशोधन नगर शिक्षा समितिद्धारा स्वीकृत र प्रमाणिकरणमा उल्लेखित प्रावधानहरुको उल्लघन गर्दै सार्वजनिक पदको अधिकारको दुरुपयोग गरी शिक्षकलाई मनोमानी ढंगले व्यक्तिगत प्रतिशोध साध्ने गरी सरुवा गरेको भन्दै शिक्षक संघसंठनहरुले आपत्ती जनाउदै अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगञ्ज बाँकेमा समेत निवेदन दर्ता गराएको बताइएको छ ।
राजापुर नगरपालिकाले शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० दास्रो संशोधन वर्तमान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ संग बाझिएको कुरा सम्बन्धित निकायले सल्लाह दिदा दिदै पनि बहुमतको दम्भमा नगर प्रमुख दिपेश थारुले नियम कानुन विपरित कार्यविधि पारित गराई अधिकारको दुरुपयोग गरी शिक्षकको सरुवा गरेको आरोप लागेको हो ।
साथै राजापुर नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ को नियम २० मा भएको प्रावधान कानुनी प्रकृया पुरा गरी शैक्षिक सत्र सुरु हुनु अगावै दरबन्दी मिलान सम्बन्धि कार्य सम्पन्न गर्नु पर्दछ भन्ने व्यवस्था गरिएको छ ।
बैशाख १ गते देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ तर राजापुर नगरपालिकाको शिक्षा समितिले सरुवा गर्ने उदेश्यले पुर्वाग्रही ढगबाट विशेष नगर सभाबाट स्थायिन शिक्षा ऐन २०८० पारित गराई मिति २०८० साल बैशाख २५ गते मा प्रमाणिकरण गरिएको, मिति २०८० बैशाख २६ गते नै दरबन्दी मिलान कार्यविधि २०८० पारित गरिएको र २०८० बैशाख १ गते नै दरबन्दी मिलानको नाममा शिक्षक सरुवा गरिएको थियो ।
यसरी शैक्षिक सत्र शुरु भए पश्चात हतार हतारमा मनोमानी ढंगले मिति २०८१ साल बैशाख ३१ गते र मिति २०८१ साल जेष्ठ २१ गते २ पटक गरिएको सरुवा नियम विपरित भएको हुँदा त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्ति राजापुर नगरपालिकाले पदको दुरुपयोग गरेको आरोप लागेको हो । राजापुर नगरप दल बहादुर चौधरीले दरवन्दी मिलान कार्यमा कुनै मनपरी नभएको बताउदै उजुरी परेको विषयमा छानविन हुने विश्वास व्यक्त गर्नुभयो ।