बागलुङ । बागलुङ नगरपालिकामा उत्पादन भएको फोहोरलाई डेढ दशपछि बल्ल व्यवस्थापन गर्न थालिएको छ ।
बागलुङ नगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको फोहोरलाई घरबाटै वर्गीकरण गर्ने, फोहोरलाई प्रशोधन गर्ने र जिरो वेस्ट प्रविधिबाट फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु. एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । डेढ दशकदेखि बागलुङ नगरपालिका-१ मालढुङ्गामा थुप्रिएको फोहोरलाई स्थानान्तरण गरेर फोहोरलाई वर्गीकरण र प्रशोधनका लागि ल्याण्डफिल्ड साईड खाली गरेर थालिएको संरचना निर्माणले अन्तिम रुप लिएको छ ।
बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि रु. एक करोडको ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले घरबाटै फोहोरको वर्गीकरण गर्ने र ल्याण्ड फिल्ड साइडमा फोहोर प्रशोधन गर्ने तयारीका लागि पुर्वधार निर्माण, फोहोर संकलन गर्ने बाल्टी र फोहोर उठाउने सवारीसाधनको व्यवस्थापन मिलाइसकेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. एक करोड लागतमा दीर्घकालिन रुपमा फोहोरको व्यवस्थापन गर्न थालिएको छ । नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहोर संकलन गर्ने तीन थरी रङ्गका बाल्टी बितरण गर्न थालेको छ भने सोही रङ्गकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ ।
बागलुङ नगरपालिकाले तीन तहका फोहोर संकलन गरेर ‘जिरो वेस्ट’ अर्थात सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान थालेको छ । डेढ दशकदेखि नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको थियो । कुहिने, नकुहिने र पुन प्रयोग गर्नमिल्ने फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
“रातोबाल्टीमा नकुहीने, निलो बाल्टीमा पुन प्रयोग गर्न मिल्ने र हरियोमा कुहिने फोहोर संकलनका लागि नगरपालिकाको बजार क्षेत्रमा बाल्टी बितरणको तयारी छ, सोही रङ्गका तीन वटा सवारी साधन तयार भइसकेका छन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “रातोबाल्टीको फोहोर उठाउन रातै रङ्गको सवारीसाधन आउछ, निलो बाल्टीको फोहोर ल्याउन निलो रङ्ग भएको सवारी र हरियो बाल्टीको कुहिने फोहोर ल्याउन सोही रङ्गकै सवारीसाधन दिन बिराएर घर दैलोमा आउछ, नागरिकले फोहोरको वर्गीकरण घरमै गर्न आवश्यक छ जस्का लागि नागरिकलाई घरमै पुगेर सचेतना दिइन्छ ।”
चालु आर्थिक वर्षमै फोहोर व्यवस्थापनमा नमूना पालिका बनाउने योजना रहेको भन्दै नगरप्रमुख श्रेष्ठले डङ्पिङ साईड अब फोहोर संकलन केन्द्र नभएर पर्यटकीय केन्द्र बन्ने बताउनुभयो । उहाँले अहिले फोहोर व्यवस्थापन गरिएको स्थान वनभोज स्थलका रुपमा प्रयोग गरिने छ भने डेढ दशकदेखि फोहोर थुपारिएको ८ रोपनी जग्गामध्ये तीन रोपनी जग्गामै फोहोर वर्गीकरण र प्रशोधनको काम हुनेछ भने अन्य जग्गालाई हरीयाली बनाइने छ ।
फोहोर व्यवस्थापन अध्ययन तथा अवलोकन गर्ने स्थलका रुपमा डङ्पिङ साईडलाई परिणत गर्नका लागि नगरपालिकाले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको छ । नगरपालिका भित्र ८० प्रतिशत कुहिने फोहोर संकलन हुने भन्दै कुहिने फोहोरबाट कम्पोष्ट मल तयार गर्ने र अन्य फोहोरलाई प्रसोधन गर्ने नगरपालिकाको नीति रहेको छ ।
नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने तथा अस्पताल जन्य फोहोर, सीसा समेतलाई शून्य बनाउने दक्षिण कोरियाली प्रविधिको उपकरण खरिदका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । फोहोरलाई त्यसै थुपार्दा दुर्गन्धित हुने, प्रशोधन गर्न नसकिने तथा कुहिने फोहोरका कारण नकुहिने फोहोर समेत छुट्टाउन असहज भएपछि नगरपालिकाले फोहोर संकलन स्थललाई ढलान तथा ट्रस्टले छोप्न पूर्वाधार निर्माण गरिसकेको छ ।
वि.स.२०५४ सालमा स्थापना भएको नगरपालिकाले शुरुको एक दशक कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको थियो । त्यसपछि नगरपालिकाले डम्पिङ साईड निर्माण गरेर फोहोर संकलन गरेपनि व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइड भरिएको थियो । नगरपालिकाले दीर्घकालिन रुपमै फोहोर व्यवस्थापन थालेको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच