काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल)को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी हुनुहुन्छ । यसैगरी काठमाडौंले राष्ट्रिय महिला टोलीका प्रशिक्षक जगदिश भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलोपटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउनेछन् । काठमाडौं स्पाइकर्सले आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट, निशा महर, वसन्ती साउद र रस्मिता दुरालाई अनुबन्ध गरिसकेको छ । काठमाडौंले तीन विदेशी र ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच