काठमाडौं । मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट नौ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।
सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यतैबाट मलेसिया जानुहुनेछ । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी गराउनुभयो ।
प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा सदस्य-सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेण्डर नै तयार गरी कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धि र टाइमिङलगायतका विषयमा खेलाडीसँग चासो व्यक्त गर्नुभएको थियो । अध्यक्ष कुँवरले खेलाडीलाई बढीभन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउँदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच