काठमाडौं । एन्फा महिला लिग फुटबलमा सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मी क्लबले शानदार गोल गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १ का विरुद्ध १४ गोल गर्दै शानदार जित निकालेको हो । मध्यान्तरसम्म त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ गोल गरेको थियो ।
सुदूरपश्चिमले पहिलो खेलमै बागमती युथ क्लबसँग पाँच-एक को फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले नौ-शून्यको हार चखाएको थियो । गत वैशाखमा सुर्खेतमा भएको लिग छनोट पार गरेर काठमाडौं आएको सुदूरपश्चिम अहिलेसम्म अंक तालिकाको पुछारमा छ । आज (बुधबार) कोशी प्रदेश र नेपाल पुलिस क्लब तथा कर्णाली प्रदेश र संकटा क्लबबीच खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच