काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ को शृंखलाका लागि क्यानडा जाने टोलीको बिदाइ गरेको छ । मंगलबार आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, क्रिकेट म्यानेजर विनोद दास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।
आइसिसी विश्वकप लिग-२ को दोस्रो सिरिज खेल्ने नेपाली टोलीको सोमबारमात्र घोषण गरिएको थियो । मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । सन्दीप लामिछाने १२ महिनापछि ओडिआई टोलीमा फर्किनुभएको छ । सन्दीपले एकदिवसीयमा पछिल्लोपटक भारतसँग एसिया कपमा खेल्नुभएको थियो । अर्जुन साउद पनि झण्डै १४ महिनापछि नेपालको एकदिवसीय टोलीमा पर्नुभएको छ ।
टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र देव खनाल रहनुभएको छ ।
नेपालको पहिलो खेल क्यानडासँग
विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग-२ को दोस्रो सिरिजको सुरुआत गर्नेछ । पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्याण्ड्ससँग भने दुई अंक खोस्न सफल भएको थियो ।
खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउनेछ । नेपालले दोस्रो खेल ओमानसँग खेल्नेछ । तीन दिनको रेस्ट लिएर नेपाल पुनः घरेलु टोलीसँग खेल्न उत्रिनेछ । त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ ।
टमाटा कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त
क्रिकेट प्रशिक्षक जगत् टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उहाँलाई आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो । क्यानका सचिव पारस खड्काले मंगलबार टोली बिदाइ कार्यक्रममा उहाँलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिनुभयो । सचिव खड्काले भन्नुभयो, ‘दीर्घकालीन रूपमा सहायक प्रशिक्षकबारे छलफल गरिरहेका छौँ । यो टुरका लागि कन्सल्यान्ट कोचका रूपमा जगत् गुरुलाई नियुक्त गरिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच