काठमाडौं । रक ब्याण्ड १९७४ एडीले ‘अष्ट्रेलिया टुर’का क्रममा सिड्नीमा आउँदो २१ सेप्टेम्बरमा प्रस्तुति दिने भएको छ । ब्याण्डले आफ्नो ३०औँ वर्षगाँठको उपलक्ष्यमा ‘अष्ट्रेलिया टुर’को आयोजना गरिएको जनाएको छ ।
१९७४ एडीको ‘अष्ट्रेलिया टुर’को सबै व्यवस्थापन रोटे पिङ इन्टरटेन्टमेन्टले गरेको छ । ब्याण्डले अष्ट्रेलियामा सुरुवाती प्रस्तुतिका रूपमा ब्रिजवेन, पर्थ र मेलबर्नमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
सेप्टेम्बर १२ एडिलेड, सेप्टेम्बर १४ होबार्ट, १९ सेप्टेम्बर क्यानबेरा सकेर सेप्टेम्बर २१ सिड्नीमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकका रोशन भट्टराईले जानकारी गराउनुभयो ।
‘यो मन त मेरो नेपाली हो’, ‘परेलीमा’, ‘गुराँसै फूल्यो’, ‘सम्झी बस्छु’, ‘पिँजडाको सुगा’, ‘मुटु भरिभरि’, ‘तिमीलाई पिरतीले बाँधौँला’ जस्ता गीत १९७४ एडीका लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच