काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा राष्ट्रिय नाटक महोत्सव २००१ आयोजना गर्ने भएको छ । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र सञ्चारकर्मीसमेत रहनुभएकी उहाँकी पत्नी कल्याणी रिमालको नाममा स्थापित प्रतिष्ठानले महोत्सव गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ‘राष्ट्रिय नाटक महोत्सव-२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी सम्राट् सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भदौ ३० गते सुरु भएर असोज २ गते समापन हुनेछ ।
प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये ६ वटा नाटकलाई प्रदर्शनको अनुमति दिएको छ । उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो ।
पहिलो पुरस्कारस्वरूप एक लाख, दोस्रो पुरस्कार ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
उहाँका अनुसार कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिनेछ । आठ जनालाई प्रदान गरिने सम्मानको राशि ३१ र २१ हजार रुपैयाँ हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच