काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपाली चलचित्रमा काम गर्न चाहेको बताउनुभएको छ । निर्देशक मीन भामको चलचित्र सम्बालाको प्रिमियरका लागि काठमाडौं आउनुभएका सिद्धिकीले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली चलचित्रमा काम गर्ने बताउनुभएको हो ।
सिद्धिकीले आफूले नेपाली चलचित्रमा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताउनुभयो । ‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठूलो साहस चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ,’ सिद्धिकीले भन्नुभयो । अन्तर्वार्ताका क्रममा उहाँले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यवहार गरेको सुनाउनुभयो ।
नेपाल भम्रणमा रहनुभएका सिद्धिकी सोमबार अभिनेता दयाहाङ राईसहित पर्यटकीय क्षेत्र लाङटाङ उपत्यकामा पुग्नुभएको थियो । गोसाइँकुण्ड जाने योजना रहे पनि खराब मौसमका कारण त्यता जान नसकिएको मिन्सो लिम्बूले जानकारी गराउनुभयो । लाङटाङबाट फर्केलगत्तै अभिनेता सिद्दिकीले मण्डला थिएटरमा अभिनयका विद्यार्थी र कलाकारसँगको अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच