एसबिआईको भैरहवा शाखा स्थानान्तरण

हिमालय टाइम्स
Read Time = 1 min

 भैरहवा । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका-५, बैंक रोड, भैरहवास्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा ८ स्थित नारायणपथमा स्थानान्तरण गरी सेवा शुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गर्नुभएको हो ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *