नियमसम्मत बाहेकका अन्य कुनै कामलाई प्रोत्साहन नगर्ने । जिम्मेवारीप्रति सदैव जागरुक । अध्ययनशील, इमानदार र कर्तव्यनिष्ट । न कुनै किसिमको लप्पन-छप्पन, न टेबलमुनि हात छिराएर खल्ती न्यानुपार्ने प्रवृति । आफ्नो उत्तरदायित्व जसोतसो निर्वाह गर्दै सामान्य जागिरेसरह नै जीवन व्यतीत गरेका, स्नेही र मिलनसार स्वभावका धनीराम जिल्लामा हाकिम थिए ।
भनिन्छ, दह्रो भेटी-पातीको जोरजाम नभएसम्म देउता त खुश हुँदैनन् ! विभाग र मन्त्रालयको उच्च ओहदामा आसिन हाकिम र मन्त्री कसरी खुशी हुने ? तालुकदार विभाग र मन्त्रालयमा धनीरामलाई देखेर खुशी हुने र सोझो मुखले कुरा गर्ने उच्च ओहदाका व्यक्ति भेटिने कुरा स्यालको सिङ् खोजेसरह थियो ।
फलतः कर्तव्यप्रतिको निष्ठा र इमानदारी धनीरामको भौतिक उन्नतिमा बाधक बने । सरकारी जागिरको बत्तीस वर्षे लामो कालखण्डमा न उनलाई उच्च शिक्षा अध्ययनका लागि विदेश जाने अवसर मिल्यो न त सुगम जिल्लामा सरुवा भएर जाने अवसर नै जुर्यो । मेची-माहाकालीका भीरपाखामा बसेका दुर्गम जिल्लाका सदरमुकाममा सरुवा हुनु धनीरामको नियति बन्दै गयो ।
दुवै हातका राता चुराबाट बेलाबेलामा निस्किने मधुरो खन् .. खन् ..को आवाज र आफ्नो लयमा हल्लिँदै गरेका इयर-रिंगमा अडिएको थियो । यद्यपि जवानी हराइसकेको थियो, तर पनि भर्भराउँदो अनुहारमा तेज यथावत् थियो । गोरी नभए पनि काली भन्न नमिल्ने उनका निस्तेज हुँदै गरेका आँखामा अझै पनि अनौठो नशा झल्किन्थ्यो ।
जागिरको अवधिभरी अधिकांश एक्लै समय बिताएका धनीरामलाई छोटो अवधि मात्र परिवारसंग बिताउने अवसर प्राप्त भएको थियो । बच्चाबच्चीको पढाइका लागि श्रीमती काठमाडौं गएसँगै उनको जीवन शून्यताले भरिँदै गयो । त्यो शून्यतामा, मनपरेको फूल वरिपरि गुञ्जन गर्दै घुमेको मौरी जसरी, वर्षमा दुई-चारपटक आक्कल-झुक्कल छुट्टीमा काठमाडौंमा पुगेर परिवारसँग भेट हुँदाको बेला देखेको बच्चाबच्चीको बाल क्रिडा र उनीहरूसँग हाँसखेल गरेको कुरा झल्झली सम्झिन्थे । साँझ-बिहानको खाना र दिउँसोको खाजा बनाएर आफ्नो प्रतीक्षामा बस्ने पत्नीको लज्जापूर्ण हँसिलो अनुहारको सम्झनाले उनको मन प्रफुल्लित हुन्थ्यो । विगतका स्मृतिमा बसेका तिनै केही आनन्ददायी क्षणका अनुभूतिको जालोमा जेलिएर जागिरको अवधि बिताएका धनीराम, नजिकिँदै गरेको अनिवार्य अवकाशपछि सधैंभरि परिवारसँग बस्न पाउने सुखद् कल्पनाले आल्हादित भएका हुन्थे ।
दिन बित्न कतिबेर लाग्छ र ? हेर्दाहेर्दै संसारको सब कुरा बदलिन्छ । वचपन जान्छ, जवानी आउँछ । जवानी जान्छ, बुढेसकाल आउँछ । रूपको सुन्दरता र यौवनको मादकता नष्ट भएर जान्छ । मित्रसम्बन्धी क्रमशः छुट्दै जान्छन । यही यो जगतको लीला हो ।
दिन, महिना र वर्ष हातेमालो गरेर कुद्दै गरेका बच्चा जसरी कुधिरहे । बत्तीस वर्ष सरकारी जागिरमा बिताएका धनीरामको अनिवार्य अवकाशको दिन अन्ततः आइपुगेको थियो । अब उप्रान्त सरकारी सेवामा प्रयोजनविहीन ठहर भई ‘आफलेको ठाँडो’ सरह बनेका धनीराम अन्ठाउन्न वर्षे उमेरमा अनिवार्य अवकाश प्राप्तगरी घर फिर्दै थिए ।
बिदाइको दिन झिसमिसेमा उठेका धनीराम निशान्त मनोरम प्रकृतिसँग साक्षत्कार गर्न अन्तिम पटक क्वार्टरको बरण्डामा गएर बसे । प्रभातीका धून सदृश आलाप अलाप्दै गरेका कीरा-फट्यांग्राको स्वर र मन्द-मन्द चल्दै गरेको शीतल हावाले एकाएक उनलाई समस्त धर्ती नै स्वर्गझैँ अनुभूत हुनथाल्यो । त्यहीबेला उज्यालो हुनलागेको जानकारी गराउने समयदूत गाउँघरका कुखुराका भाले कुखुरी काँको स्वर निकालेर पालैपालो कराउन थाले । उनीहरूको आमन्त्रणमा केहीकालपछि नै हिमाललाई स्वर्णमय पारेर क्रमशः धर्तीलाई सुनौलो रंगले प्रकाशमय बनाउँदै ओर्हिृलएका सूर्यदेव लेक-ब्याँसी र पाखा भित्तामा छरिँदै सर्वव्यापी हुँदै गए । प्रायः हुस्सुले छोपिने आकाश सूर्यदेवका किरणसँग परास्त भएसँगै दिन हाँस्न थाल्यो । त्यस्तै बेला माथिल्लो बारीबाट सर्याक-सुरुक गर्दै तलतिर झरेका मलसाप्राको एक जोडीले धनीरामको एकाग्रता भंग गरिदिए ।
सर्याक-सुरुकको आवाजसँगै उनका आँखा आफैंले गोडमेल र स्याहार-सुसार गरेर हुर्काएका फूलबारीमा पुगेर अडिए । फूलबारीमा भएका बोट-बिरुवा ज्यादै प्रिय थिए धनीरामलाई । एक महिनाअगाडि मात्र कलम काटेका दुईवटा गुलाफका बोटमा हत्केलामा नअट्ने ठुल्ठूला रातो फूलका थुंगा फूलेका थिए । निकै बेरसम्म फूलका थुंगामा दृष्टि टिकाएका उनको मनमा ती फूलका थुंगामा आफ्ना सन्ततीको बिम्ब प्रतिबिम्बित हुन थालेको आभाष भयो । उनी सन्ततीको मोहमा डुबुल्की मादैँ प्रसन्नताको पूर्णतामा तरगिंत भए र आफ्ना अतीतमा निमग्न हुन थाले ।
त्यस्तैमा धनिरामको क्वार्टरमा काम गर्ने चौकीदार गणेश अभिवादन गर्दै अगाडि बाक्लो दूधको चिया र बिस्कुटका साथ देखा प¥यो । गणेशले टेवलमा राखेको चिया बिस्कुट खाएर बरण्डाबाट उठेका धनीराम क्वाटर भित्रपसे । भित्र गणेशलाई आफूले लिएर जाने सामान मिलाउनमा तल्लिन देखेर उसले मिलाएर राख्दै गरेका सामानतिर हेरे । दुईटा सुटकेस, एउटा ब्याग र त्योसँगै रहेको एउटा पोकोलाई देखेर उनलाई वर्षौंदेखि सँगै रहेको प्रियवस्तुबाट साच्चै बिछोड हुनलागे जस्तो अहिलेमात्र महसुस भयो । भावुक हुँदै धनीरामले छोड्न लागेको बेडिङ बाँध्दै गरेको गणेशलाई सोधे, ‘त्यो पोको के को हो गणेश ?’
गणेशले केही केही लजाउँदै, ‘हजुरलाई मीठो लाग्छ भनेर श्रीमतीले जंगलबाट टिपेर ल्याएको काफल कोशेलीको पोको हो सर’ भन्यो ।
गणेशको यो भनाइले अझ भाबुक बने धनीराम । घरजाने खुशीमा प्रफुल्लित भएको उनको मन एकाएक वर्षांैदेखिका परिचित स्नेहीजन र आरामदायी संसारबाट नाता टुट्दै गरेकोमा नमिठो अनुभूत गर्न थाल्यो । तर पनि, घर पुगेर परिवारसँग बस्न पाइने सुखद् कल्पनामा निमग्न धनीरामको मनबाट यताको मोह क्रमशः मलिन हुँदै गयो ।
यसैबेला धनीरामको दुःखित् अनुहारमा हेर्दै ‘कहिलेकाहिँ हामीलाई पनि सम्झिनु होला सर !’ भन्दै गणेशले मलिन अनुहार लाएर आफ्नो मनको बह पोख्यो । गणेको भनाइ सुनेर उनी झन् विभोर भए र ‘तिमीलाई कुनै सारो-गाह्रो परेमा मलाई फोन गर्नु है !’ भन्दै गणेशलाई आफ्नो मोबाइल नम्बर दिएर क्वार्टर बाहिर निस्किए । गणेश सामानसाथ उनका पछि लाग्यो ।
क्वार्टर बाहिर, हात-हातमा फूलमाला, दोसल्ला, खादा र अबिर लिएर बिदाइ गर्न जम्मा भएका थिए सहकर्मीहरू । फूलमाला र अबिर लगाइदिएर भावी जीवनको सुखद् कामना गर्दै गरेका केही सहकर्मी धनीरामको अँगालोमा बाँधिए, कसैले हात मिलाए त कसैले नमस्कार गरे ।
गाडीमा चडेपश्चात् ड्राइभरले पछिल्लो सिटमा हेर्दै ‘कुनै सामान त छुटेन सर ?’ भन्दै गाडी स्टार्ट गर्यो । दुईहात जोडेर सबैसँग बिदा हुँदै गरेका धनीरामका आँखा सजल भएर आए । ड्राइभरले गाडीको स्टेयरिंग ओह्रालोको घुम्तीतिर घुमायो ।
धनीराम घरको आँगनमा पुग्दा घरभित्र अट्न नसकेको हो-हल्ला र हाँसो बाहिरसम्म छरिएको थियो । घरमा कुनै उत्सव पो मनाउँदै छन् कि भन्दै बैठक कोठामा प्रवेश गर्दा एक हुल युवती हो-हल्ला गर्दै तास खेलिरहेका थिए । अप्रत्याशित रूपमा धनीरामलाई अगाडि उभिएको देख्दा स्तब्ध भएका युवतीहरू एक-एक गर्दै बाहिर निस्किए । एक दृष्टि ससुरातिर फ्याँक्दै मुन्टो निहुर्याएर तास समेटेपश्चात् असरल्ल भएको सारी मिलाउँदै उठेर ढोग गरेकी मोनिका आफ्नो कोठातर्फ लागिन् ।
‘पर्सिमात्र आउने कुरा थियो, आजै पो आउनुभयो त बुबा ? भन्दै छेउमा गएर बसी वसन्ती ।
‘विराटनगर पुग्न ढिलो होलाजस्तो लागेकोले पर्सिमात्र आइपुग्छु भनेको थिए । विराटनगर एयरपोर्टमा पुग्दा उड्न लागेको प्लेनमा सिट मिल्यो । तिमीहरूलाई भेट्ने हतारोमा आजै आए । तर, तिमीहरूको खेल पो बिथोल्दिए क्यारे मैले होगी !’ भन्दै हाँसे धनीराम ।
त्यस्तैमा अफिसबाट आइपुगेको अजयले ‘आइपुग्नु भयो बुबा’ भन्दै निहुरिएर ढोग गर्यो ।
कुनै दिन कोठाबाहिर निस्किएर न घरधन्दा सघाउने हुन्, न त जागिर खोज्नका लागि बाहिर निस्किने हुन् ! दिनभरि हो-हल्ला गर्ने अल्लारे ठिटीहरू जम्मा पार्यो तास खेल्यो । उनीहरू नआएको दिन कोठामा बस्यो, मोबाइल चलायो, टिभी हेर्यो, सुत्यो । घरको खाने कुरा रुच्दैन । अनलाइनबाट फास्ट-फुड मगायो, खायो ।
प्रशन्न चित्तले छोराछोरीलाई दुईतिर राखेर आफूबीचमा बसेका धनीरामले छोरातिर फर्किएर भने, ‘स्वास्थ त राम्रो देखेँ । जागिर कस्तो चल्दैछ अजय ? अफिसबाट के कस्तो सुविधा प्राप्त गरेका छौ ? आफूले पाएको जिम्मेवारीबाट कत्तिको सन्तुष्ट छौ ?’
अजयले भन्यो, ‘अघिल्लो काम छोडेर अर्को एउटा विदेशी कम्पनी ज्वाइन गरेको छु बुबा । अहिले एक लाख पचास हजार रुपैयाँ मासिक पाउँछु । तीन महिनापछि थप बीस हजार रुपैयाँको आश्वाशन पाएको छु । अहिलेको परिवेशमा योभन्दा राम्रो जागिर पाउनु सम्भव छैन । चुनौतीपूर्ण जिम्मेवारी पाएकाले सन्तुष्ट पनि छु ।’
‘खुशीको खबर सुनायौ छोरा । मन प्रसन्न भयो । आफूले पाएको जिम्मेवारी र त्यसमा निहित कर्तव्य निष्ठापूर्वक पालना गर्न पछि नपर्नु । मेरो शुभकामना छ तिमीलाई ।’
छोराको कुराबाट सन्तुष्ट भएका धनीरामले छोरीतिर फर्किएर भने, ‘मेरी सानी छोरी पनि अब त ठूली देखिन थालिन् । तिम्रो बि.बि.ए फाइनलको तयारी कस्तो चल्दैछ छोरी ? उच्च लाब्धांकसहित पास गर्नुपर्छ नि !’
‘तयारी गर्दैछु बुबा ।’
त्यस्तैमा धनीरामले सोधे ‘निरू खोई त ?’
‘आमा भान्सामा हुनुहुन्छ होला’ भन्दै दाजुबहिनी दुवैभित्र पसे ।
केही बेरमा फरियाँको फेरले हात पुछ्दै आएकी निरूले भनिन्, ‘एक्लै बस्नु भएको छ ? खोई त उनीहरू ?’ प्रसन्न मुद्रामा रहेका धनीरामले भने, ‘आ-आफ्नो काममा लागे होलान्, बच्चा न हुन् !’
‘आ ! यिनीहरूको काम देखेर पनि दिक्कै लागिसक्यो । घरमा कुन काम बित्यो, कुन काम बिग्रियो भन्ने कुराको केही मतलब छैन’ भन्दै भुत्भुताइन् ।
‘थकाई लागेको होला ? आराम गर्नुहोस, म खाजा र चिया लिएर आउँछु’ भन्दै पुनः भान्सातिर लागिन् ।
हातमा खाजा र चियाको कप लिएर आएकी निरूले ‘बिहानदेखिका जुठा भाँडा असरल्ल छन भान्सामा’ भन्दै घरको काम गर्ने केटालाई बोलाइन् ।
केटो नआएपछि ‘घरको खाजा नरुच्ने बुहारीले बजार पठाइन् होला’ भन्दै लामु सुस्केरा तान्दै चुप लागिन् ।
‘मोनिका के गर्छिन् र तिमीले खाजा बनायौ ?’ धनीरामले सोधे ।
छोराको जिन्दगी सहज हुन्छ भनेर धेरै पढेलेखेकी बुहारी घरमा भित्र्याउनुभयो । अहिले आएर ‘म ताक्छु मुड्डो, बञ्चरो ताक्छ घुँडो’ भन्ने उखान चरितार्थ हुँदैछ । कुनै दिन कोठाबाहिर निस्किएर न घर-धन्दा सघाउने हुन्, न त जागिर खोज्नको लागि बाहिर निस्किने हुन् ! दिनभरि हो–हल्ला गर्ने अल्लारे ठिटीहरू जम्मा पार्यो तास खेल्यो । उनीहरू नआएको दिन कोठामा बस्यो, मोबाइल चलायो, टिभी हे¥यो, सुत्यो । घरको खाने कुरा रुच्दैन । अनलाइनबाट फाष्ट-फुड मगायो, खायो । देख्नु भएन, फाष्ट-फुडका कारण मोटाएर कस्ती भइसकिन् ? यही हो मोनिकाको दिनचर्या !’
लामो समयपश्चात् पत्नीको बोली सुन्न पाएका धनीरामले मुग्ध हुँदै धैर्यतापूर्वक सबै कुरा सुने । उनको ध्यान भने निरूले लगाएका दुवै हातका राता चुराबाट बेलाबेलामा निस्किने मधुरो खन्..खन्..को आवाज र आफ्नो लयमा हल्लिँदै गरेका इयर-रिंगमा अडिएको थियो । यद्यपि जवानी हराइसकेको थियो, तर पनि भर्भराउँदो अनुहारमा तेज यथावत् थियो । गोरी नभए पनि काली भन्न नमिल्ने उनका निस्तेज हुँदै गरेका आँखामा अझै पनि अनौठो नशा झल्किन्थ्यो । यिनै आँखाले त कुनैबेला धनीरामलाई उनीसँग विवाह गर्न विवश बनाएको थियो । ती आँखाको नशामा आज पनि लठ्ठ भए धनीराम । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच