लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९ औं बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची छ ।

अघिल्लो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनःछलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।समितिको बैठकले केही थप्नुपर्ने विषयहरुलाई समावेश गरेर पुनः प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्नेसमेत कार्यसूची तयार भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *