काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान समपन्न खेलमा पराग्वेले ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो पराग्वेको विश्वकप छनौटमा दोस्रो जित हो । यो जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौं स्थानमा रहेको छ ।
त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ ।
यो खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच