सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन : स्वास्थ्यमन्त्री पौडेल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताउनुभएको छ ।

मंगलवार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यानस्र उपचार सेवाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताउनु भयो ।

उहाँले एकै पटक सय जना चिकित्सक र नरायणी अस्पताललाई आवश्यक नर्सहरुको दरबन्दी सिर्जना गरी थप्ने मन भएपनि देशको आर्थिक अवस्थाले नदिने बताउनु भयो । उहाँले अस्पतालमा आवश्यक उपकरण भरिभराउ गर्ने इच्छा भएपनि आर्थिक अवस्था राम्रो नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन । अब जनशक्ति थप्ने मन मेरो पनि थियो । एकै चोटी सय जना डाक्टरको दरबन्दी सिर्जना गरेर सय जना डाक्टरलाई नारायणी अस्पतालमा आवद्ध गर्ने मन मेरो पनि थियो । आवश्यक नर्सहरुको नियुक्ति गराउने मन मेरो पनि थियो । तर राज्यको आर्थिक अवस्थाका कारणले अहिले त्यो सम्भव हुने देखिँदैन ।’

मन्त्री पौडेलले उहाँले भएका पूर्वाधारलाई व्यवस्थित गर्ने र भएका जनशक्तिबाट सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विशेष अदालतको आदेशपछि विष्णु पौडेल थुनामुक्त अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ ८ महिनामै फेरियो मकवानपुर प्रशासनको मुहार, सेवाग्राहीमैत्री बन्यो जिल्ला प्रशासन कार्यालय बाढीपहिरोले देशभरका छ राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह रासायनिक मल वितरणको अनुगमन अब स्थानीय तहले गर्ने : कृषिमन्त्री चौधरी टिपरको ठक्कर र खोलामा डुबेर दुई जनाको मृत्यु राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई फाइदा पुगेको छ : गभर्नर पौडेल दीपक भट्टको वित्तीय कारोबारमा पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न सकेन :… विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश