भोजपुर । बर्सौंदेखि कार्यरत नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारीहरुको भेलाले दैनिक ज्यालादारी संघर्ष समितिको इकाई समिति गठन गरेको छ ।
भेलाले सरोज आले मगरको नेतृत्वमा नौ सदस्यीय इकाई समिति र ४ जना रहेको प्रदेश प्रतिनिधी छनौट गरेको हो । समितिको उपाध्यक्षमा दलबहादुर तामाङ, सचिव कृष्ण बहादुर श्रेष्ठ, कोषाध्यक्ष कृष्ण माया तामाङलाई छनौट गरिएको छ । यस्तै समिति सदस्यहरुमा रोशन सुवेदी, सुनिल राई, सनिल पुरी, बरुण यादव र गंगा राई रहेका छन् ।
भोजपुर बितरण केन्द्रमा बिगत १५ बर्ष भन्दा बढी समय देखि प्राबिधिक तथा प्रशासनीक क्षेत्रमा ज्यालादारी कर्मचारीले दैनिक ज्यालामा काम गरि रहेका छन् । भोजपुर बितरण केन्द्रमा हाल ३० जना ज्यालादारी कर्मचारी कार्यरत रहँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच