पक्राउ परेका ‘इकु’ माथि ५ दिनको म्याद लिएर अनुसन्धान हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् ।

कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीले जनाएको छ ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि उहाँलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *