विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

आयोगले प्रतिवादीहरू दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीलगायतको संलग्नता रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

कृषि उपज बजार पाँच खालका सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीले समितिको खातामा रहेको रकम मध्ये १४ लाख ३८ हजार ५ सय रुपैयाँ हिनामिना गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

श्रेष्ठ, अधिकारी र केशव भन्ने हरिकेशव अधिकारीले कसुरबाट सफाइ पाउने भनी विशेषले गरेको फैसलामा चित्त नबुझी बुधबार सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारका प्रवत्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *