बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोष्टन च्याप्टरले नेपाली कलाकारहरूलाई स्वागत तथा सम्मान गर्ने भएको छ ।
च्याप्टरले यही सेप्टेम्बर १८ तारिख बुधबारका दिन नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका कलाकारलाई बोष्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन)को सामुदायिक भवनमा एक कार्यक्रम आयोजना गरी भेटघाट, स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको हो ।
समारोहमा कृष्ण मल्ल, शर्मिला मल्ल, बसुन्धरा भुसाल, रवीन्द्र खड्का, नन्दकृष्ण जोशी, केकी अधिकारी, मोहनकृष्ण श्रेष्ठ, सन्दीप क्षेत्री, डा.घनश्याम खतिवडा, सञ्जय खतिवडालाई सम्मान गर्न लागिएको कार्यक्रमकी संयोजक साहित्यकार कवि गीतकार तथा निर्माता अनु शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्पूर्ण नेपाली समुदायका लागि निःशुल्क प्रवेशको भएकाले सहभागिता जनाउन अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले आग्रह गर्नुभएको छ ।