‘खुस्मा’को ट्रेलर सार्वजनिक, द्वन्द्वकालको छायाँमा चलचित्रको कथा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । असोज ३ गतेदेखि देशभरका सिनेमाघरम आउन लागेको चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको गरिएको हो । अभिनेता धीरज मगरको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । ट्रेलरमा १२ वर्षे सशस्त्र द्वन्द्व समयको पृष्ठभूमिमा बिनाकारण बेपत्ता पारिएका युवाको कथा पारिवारिक र सामाजिक परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ । धीरज र उपासनाले प्रेम विवाह गरेपछि गरिबीका कारणले भोग्नुपरेका कठिनाइहरू, वैदेशिक रोजगारीको यात्रा, पारिवारिक उल्झनहरू र विदेश नपुग्दै बेपत्ता पारिएको कथा चलचित्रको मुख्य विषयवस्तु छ ।

अशोक थापामगरद्वारा लेखन तथा निर्देशन गरिएको यो चलचित्र मगर समुदायको परिवेशमा आधारित छ । ‘खुस्मा’लाई एम मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर रहनुभएको छ । सहनिर्मातामा सुस्मिता बुढाथोकी हुनुहुन्छ । चलचित्रको छायांकन दीपक बज्राचार्यले गर्नुभएको छ । चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुनुहुन्छ ।

चलचित्रमा धीरज र उपासनाका साथ माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारहरूको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *