काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा १५ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यो जानकारी दिनुभएको हो ।
राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेस गरिने र सबै प्रदेशका सभापतिहरूले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने उहाँले बताउनु भयो ।
रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने समेत जानकारी दिएको छ ।
बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रूपमा भइरहेको र प्रतिनिधिहरूको टुङ्गो लागेको जानकारी दिनुभयो। उहाँले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरूको जवाफ भेलामार्फत दिने पनि बताउनु भयो ।
त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो ।
पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उहाँको भनाइ छ । उपसभामुखलाई नेपाली कांग्रेस, एमालेलगायतका दलहरु मिलेर संवैधानिक प्रक्रियाबाट हटाउने तयारी गरिरहेको बताउँदै उहाँले रास्वपाले खुलेर प्रतिवाद गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच