भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव यचुरीको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय यचुरी केही समयदेखि उपचारमा हुनुहुन्थ्याे ।

सञ्चार माध्यमका अनुसार यचुरीलाई दिल्लीको एम्सको आईसीयूमा भर्ना गरिएको थियो । येचुरीको आज दिउँसो ३ बजे निधन भएको हो ।

उहाँ श्वासप्रश्वासको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिनुभएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुनुन्थ्यो ।

यचुरी इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील रहनुभएको थियो ।

यचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, एक छोरा र एक छोरी हुुनुहुन्छ । एक छोराको भने कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *