स्याङ्जा । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ गुडीखोलाकी जमुना कुमालको ओमनमा रहस्यमय मृत्यु भएको छ । उनी अवैध कामदारका रुपमा ५ महिना पहिले ओमन पुगेकी थिइन् । उनलाई चितवनका सन्तोष लोचन र सन्ध्या लोचनले राम्रो काम लगाइदिने भन्दै ओमन पुर्याएको जमुनाको परिवारले बताएको छ ।
ओमनामा घरेलु कामदारका रुपमा रहेकी जमुनालाई ओमनमै ऐजेन्टका रुपमा रहेका ओम पौडेलले घरबाट पैसा माग्न भनी दैनिक यातना दिन थालेको उनकी बहिनी पिरती कुमालले बताइन् । बहिनी पिरतीले भनिन्, 'सबै राम्रो हुन्छ पैसा कमाइ हुन्छ भनेर यहाँबाट दिदीलाई लगे । सुरुको ४ महिना जति राम्रै थियो, त्यसपछि ओम पौडेलले एक लाख पैसा नदिए मारिदिन्छु भन्दै धम्की दिन थालेको कुरा दिदीले फोनमा हामीलाई बताइरहन्थिन् ।'
पैसाकै कारण जमुनाको हत्या हुन सक्ने आशङ्का बढेपछि जमुनाको परिवारले ऋण खोजेर गरगहना बेचेर रु एक लाख पैसा ओमनका ओम पौडेललाई पठाइदिएका थिए । पैसा पाएपछि उनीहरुले जमुनालाई एक दुई दिनमै घर फर्काइदिने भनेको तर त्यसो भनेको भोलिपल्ट नै जमुनाको मृत्यु भएको खबर दूतावासमार्फत् परिवारले थाहा पाएको उनले बताइन् ।
अहिले जमुनाको परिवार हत्याको आशङ्कामा न्यायको लागि भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगेको भएतापनि अवैध बाटोबाट गएकी जमुनाको के कारणले मृत्यु भएको हो भनेर पत्ता लगाउन कठिनाई भएको छ ।
जमुनाको हत्या गर्ने दलालहरुलाई कडा कारबाही गरिदिन भन्दै भावविहवल मुद्रामा परिवारका सदस्यहरुले अनुरोध गरेका छन् । 'छोरी त मरिमरि तर हामी हत्याराहरुलाई सजाय भएको देख्न चाहन्छौं । सत्यतथ्य छानविन भई दोषीलाई कारबाही होस् ।' मृतक जमुनाका बुबाले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच