काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ ।
बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीवार अपरान्ह काठमाडौंबाट नियन्त्रणमा लिने प्रयास गरेको थियो । महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्प्रेषित समाचारप्रति परेका उजुरी या गुनासो प्रेस काउन्सिलको भएको जनाएको छ ।
आज दिउँसो काठमाडौंस्थित हार्दिक होटलमा एक छलफल कार्यक्रममा सहभागी रहेका पत्रकार बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबर्जस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको थियो ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको भन्दै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघले जनाएको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दै र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
यस्तै अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जवर्जस्ती पक्राउ गर्न खोजेकोमा प्रेस चौतारी नेपालले पनि आपत्ति जनाएको छ ।
महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन भएको बताइएको छ । साथै यस घटनाको निन्दा र भर्त्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोऱ्याउन चौतारीले चेतावनी समेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच