तत्कालीन इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *