‘मिस विभा-२०२४’ को ताज प्रेमालाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उमंग क्रियशनद्वारा आयोजित ‘मिस विभा-२०२४’ को ताज प्रेमा लामगाढेले चुम्नुभएको छ । बुधबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा लामगाढेले ताज पहिरिनु भएको हो । मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइदिनुभएको थियो ।

प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो । विजेताले आगामी अक्टोबर २५ कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र इच्छा कार्की रहनुभएको थियो भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *