एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गर्नुभएको छ । सामाजिक सञ्जालमा रहेका उहाँका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उहाँले एक अर्ब फलोअर्स प्राप्त गर्नुभएको हो ।
पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरूमा निकै राम्रो समर्थन रहेको छ । उहाँलाई सामाजिक सञ्जाल एक्समा एक सय मिलियन बढीले फलो गर्दा इन्स्टाग्राममा ६०० मिलियनले फलो गरेका छन् ।
केही समयअघि मात्र युट्युब रिलिज गर्नुभएका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाउनुभएको छ । त्यस्तै फेसबुकमा उहाँका १७० मिलियन बढी फलोअर्स छन् । साथै उहाँ चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय हुनुहुन्छ । चाइनिज सामाजिक सञ्जाल कुआइशोमा उहाँका करिब नौ मिलियन समर्थक रहँदा विबोमा सात मिलियन बढी समर्थक छन् ।
उहाँले आफ्नो एक अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भन्नुभएको छ, ‘हामीले इतिहास बनाएका छौँं, एक अर्ब फलोअर्स ! यो केवल एउटा संख्यामात्र होइन- यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो ।’
उहाँले अगाडि थप्नुभएको छ, ‘माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म मैले सधैँ मेरो परिवार र तपाईंहरूका लागि प्रतिस्पर्धा गरेको छु, अब हामी एक अर्बजना एकसाथ उभिएका छौँ ।’
उहाँ अगाडि लेख्नुहुन्छ, ‘तपाईंहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि । यो यात्रा हाम्रो साझा यात्रा हो र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौँ ।’
रोनाल्डोले भन्नुभएको छ, ‘मलाई विश्वास गर्नुभएकोमा तपाईंहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद । अझ उत्कृष्ट कुराहरू आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौँ । जित हासिल गर्नेछौँ र इतिहास रचिरहनेछौँ ।’
रोनाल्डोले आफ्नो करिअरमा पाँचपटक बालोनडि’ओर जित्नुभएको छ । अहिलेसम्म विश्वकप जित्न नसक्नुभएका उहाँले युरोपियन च्याम्पियनसिपको उपाधि जित्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच