
झापा । झापाको अर्जुनधारा नगरपालिका ६ महानन्दचोकमा अहिले साँझ एक अपरिचित व्यक्तिले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन् ।
शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएकी उनलाई अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीयको प्रतिकारलाई छलेर ती युवाले छुरा प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए । छुरा प्रहार गरेर फरार युवालाई स्थानीयले लखेटेर नियन्त्रणमा लिएका थिए।
स्थानीयले नियन्त्रणमा लिएको ती युवालाई बिर्तामोड प्रहरीको जिम्मा लगाइएको छ ।
छुरा प्रहार गर्ने युवा र हत्या भएकी युवतीको नाम, वतन र हत्याको कारण पनि खुल्न सकेको छैन ।
गएराति झापा शिवसताक्षी नगरपालिका ४ सिमलचोकका ४२ वर्षीय रामप्रसाद सिटौला हत्या भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच