काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘जीवन मृत्यु’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर, वान्तुकै संगीत र नरेन्द्र बियोगीको एरेञ्ज/मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देबेन्द्र कुँवरको निर्देशन रहेको गीतको भिडियोमा जानकी कुँवर र सुरेश गर्तौलालाई फचरिङ गरिएको छ । सुशील डाँगी र टिमको छायांकन रहेको गीतको भिडियोमा राजेश कुँवरको सम्पादन छ । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता)संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् ।
उहाँका थुप्रै फुटकर गीत, कविता र गजल सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान...’लगायत थुप्रै गीत श्रोता÷दर्शकले अत्यधिक मन पराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच