सिनेमाघरमा ‘शाम्बाला’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी यो चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको हो । मीनबहादुर भाम निर्देशित यो चलचित्रले हलमा राम्रो शो पाएको छ । यो चलचित्र गत आइतबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेतको सहभागिता थियो ।

‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा चलचित्रमा विषयवस्तुको रूपमा उठाएको छ । तीनजना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमान्सँग यात्रामा जाने कथामा निर्माण भएको छ ।

चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वांग्याल गुरुङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ । चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो । यो चलचित्र नेपालबाट अस्कर अवार्डका लागि समेत सिफारिश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *