काठमाडौं । टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआई) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन(एफआई) नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ उत्पादनसाथ टिभिएस मोटर कम्पनीले उत्साहीहरूलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी गरेको जनाएको छ । कम्पनीका अनुसार यी फ्युल इन्जेक्सन भेरियन्टका टु-हिृवलरहरू बिएस- भिआई एफआई प्लेटफर्ममा जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भूत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रूपमा डिजाइन गरिएको छ । यी नयाँ उत्पादनहरू एडभान्स्ड इञ्जिनियरिङ र स्टाइलिस डिजाइनसाथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरलाई ध्यानमा राखी बनाइएको छ ।
टिभिएस मोटर कम्पनीका उपाध्यक्ष-इन्टरनेसनल बिजनेस राहुल नायकले भन्नुभयो, ‘हामी हाम्रो मिलेनियल र डिजिटलाइजेसनमा निर्भर जेन जी ग्राहकका लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त आउने पिढीलाई उपयुक्त हुने गरी आफ्ना उत्पादन अघि बढाउँछाँै । नेपाल सधैँ हाम्रा लागि एउटा मुख्य व्यापार केन्द्र रहेको छ र टिभिएस राइडर (एफआई), टिभिएस एनटर्क (एफआई) र टिभिएस रेडिआन (एफआई) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘नेपालमा विगत नौ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकका रूपमा हामी फेरि ब्राण्डसँग साझेदारी गर्न पाउँदा खुसी छौँ । टिभिएस मोटरले सधैँ हाम्रा नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ । हामीलाई विश्वास छ, हाम्रा ग्राहकलाई नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ ।’ टिभिएस रेडिअन एफआई भेरियन्ट आधुनिक यात्रीका लागि डिजाइन गरिएको, टिभिएस रेडिअन एफआईले १५ प्रतिशत माइलेज दिन्छ, जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ । रेडिअन एफआईमा भएको ड्युरा इञ्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ । यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकमा चलाउन सहज हुन्छ । टिभिएस रेडर एफआईको मूल्य दुई लाख ९२ हजार नौ सय, टिभिएस एनटर्क एफआईको मूल्य दुई लाख ७९ हजार नौ सय र टिभिएस रेडिअन एफआईको मूल्य दुई लाख ३६ हजार नौ सय रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच