काठमाडौं । सिटिजन्स बैंक र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच सहकार्यका लागि सम्झौता भएको छ । सहकार्यले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ ।
पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो, जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिको सिर्जना गर्न सक्छन् र ती सिर्जना गरिएका प्रस्तुति विभिन्न माध्यममार्फत् मोनिटाइज गर्न सक्छन् । एपमार्फत् सिर्जनाकर्ताले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, मोटर वाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्छन् ।
यसरी सामग्री बनाएर आय सिर्जना गर्ने पोष्टम प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउने गरी सम्झौता भएको हो । यस्तो सहकार्यले सिर्जनाकर्तालाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच