
पहाडी सुन्दर शृङ्खलाको त्यो घेरा भूबनोटका दृष्टिले खण्डखण्ड उपत्यका जस्तो देखिन्छ । हरेक गाउँभन्दा माथि भीरपाखा र पहरा जहाँ अनेकविध वस्तुहरू, रङहरू, उचाइगहिराइहरू एकसाथ सबैका आँखामा पर्दछन् । छुट्टिनु नछुट्टिनु व्यक्तिमा भर पर्ने कुरा हो । अत्युच्च बेजोड टल्कँने पहरा छन् जसले साहस सानजान अनजान दुवैमा सजाउँछन् । यही हिम्मतको फलवा प्रेरणा हो जसले गाउँभन्दा निकै माथि तारेभीर, गैरी, मजुवा, पात्लेखर्क जस्ता दुबाका गलैँचामा निरपेक्ष प्राक्सभ्यतादेखि नै पल्टिरहेका एक गोठ एक गोठालो कुहिराभित्र आनन्दले निर्भीकतापूर्वक छ महिनासम्म लुकामारी खेल्न सक्छ ।
बीसौँ, तीसौँ सङ्ख्याका गाईभैँसी गाउँबाट उचालेर चौबीसौँ प्रहर झुक्किएर यदाकदा आकाशले मुख खोली बादल झुल्कायो भनेमात्र नत्र झम्झमे जलको सिरकमा जलकै तकिया बनाएर कुहिराका आँखामा हराउनुको विकल्प रहँदैन । तिनै पशुहरू योद्धा बनेर बाघ, चितुवा र भालुका आक्रमणलाई विफल तुल्याउँछन् । त्यो अद्वितीय साहसभित्र वस्त्रविहीन तन, तनभरि मयलका लुँदा रुखमा झप्किएका ज्याम्ज्यामेका लहरा झैँ हल्लदा पनि न डाक्टरको आवश्यकता पर्छ, न अस्पतालको, न सुरक्षाको बन्दुक चाहिन्छ, न महलको ओच्छ्यान । भरदिन खस्रुका डाला छप्काएर क्षमताभन्दा बढीका गाईवस्तु पालनमा मस्त रमाउन सक्नु प्रकृतिकै प्रेरणा न हो ।
देश अपरिहार्य आधार मान्ने हो र यसको विकास नै सर्वस्व ठान्ने हो भने देशभक्त भनिन इच्छुकहरूले यस भूभागलाई अरूले होइन आफैंले निश्चित समय वा वर्ष तोकेर नाकाबन्दी गरून् । सम्पूर्ण जनशक्तिलाई राष्ट्रनिर्माणका बाटामा सरिक गराउने हो भने छोटो समयमा नै झिलिमिलीको अलकापुरी बन्न सक्छ यो देश ।
दुःखद कुरा चाहिँ जो रमाउन सक्छ उसमा यो सोच जन्मन पाएकै हुँदैन । पाएपछि ऊ त्यहाँ रहँदैन वा रमाउँदैन । जसमा यो सोच जन्मेको हुन्छ ऊ यस अनुभूतिको अनन्त गहिराइमा यो भार वहन गरेर प्रकृतिसँग एकीभूत हुनै सक्दैन । सायद यो पनि प्रकृतिको एक अनौठो वरदान हुन सक्छ । हरिया पाखाहरू छन्, सही अर्थमा प्राकृतिक बन्न चाहने हो भने कुनै पनि जीव बाँच्नका लागि कसैको मुख ताक्नु पर्दैन । यिनै हरियालीभित्र मौसम अनुसारका खानाहरू गिठ्ठा, भ्याकुर, वनतरुल, तरुल, ऐँसेलु, काफल जस्ता र हामीले प्रयोग नगरेका तर घनीभूत भएर रहेका कैयौँ खाद्यपदार्थहरू लदावदी भएर रहेका हुन्छन्, थिए, छन् र हुनेछन् ।
देशको सीमा राम्रो होइन, सीमामुक्त विश्व हुनुपर्छ, परिवारमुक्त मान्छे हुनुपर्छ, अनिमात्र सच्चा मान्छेका अनुहार सर्वत्र देख्न पाइन्छ । मानवताको आलोक त्यति बेलामात्र सम्भव छ जतिबेला देश सीमा र परिवार सीमाभन्दा बाहिर विश्व समाज पुग्न सक्छ । देश अपरिहार्य आधार मान्ने हो र यसको विकास नै सर्वस्व ठान्ने हो भने देशभक्त भनिन इच्छुकहरूले यस भूभागलाई अरूले होइन आफैँले निश्चित समय वा वर्ष तोकेर नाकाबन्दी गरून् । सम्पूर्ण जनशक्तिलाई राष्ट्रनिर्माणका बाटामा सरिक गराउने हो भने छोटो समयमा नै झिलिमिलीको अलकापुरी बन्न सक्छ यो देश । गाडी बन्द त्यो समयसीमासम्म । कहाँ जानु परेको छ यी भिखारीहरूलाई । गएर नै के लछारपाटो लगाएका छन् ?
तिनै व्यक्ति स्वार्थ, परिवारस्वार्थ, सत्तास्वार्थका कोशेली उठाएर अझ स्वार्थका खेल खेल्ने न हुन् यी दरिद्रहरू । कसैले विरोध गर्दैन । हिम्मत छ यो बाटो पक्रेर देश र जनतालाई अलकापुरीको आलोकमा उचाल्न । पवित्र सोच, निस्वार्थ यात्राका वकालत गर्ने र त्यसै अनुकूलको जीवनशैलीमा विश्वास गर्नेलाई, पदस्वार्थीहरू, परिवारस्वार्थीहरू अनि देशलाई जोगीको झोली बनाएर मागीखानेहरूले थोरै तर त्यस्ता सोचलाई व्यक्तिगत गथासा पनि भन्न सक्छन् तर सच्चाइ यही हो । लामो समय निकै नगुमाई उचाइ उक्लेका विश्वका कुनै पनि भिखारी सीमाहरू छैनन् भने यो त भिक्षाको झोली पनि थोत्रिसकेको सीमा हो । यसलाई उठ्न र उठाउन यस बिन्दुमा नझरी सम्भव नै छैन ।
विराट्विश्वको खुलाआँगनमा सम्पूर्ण एउटै भएको मानवताको फराक पटाङ्गिनी चाहिँ सच्चा अनुहार हो । त्यसतिरका यात्राको सोचसम्म पनि दयमान जन्माई यो सानो राष्ट्रको खोरभित्र के के न छु भन्दै उफ्रने विनाविवेकका नेताहरू यिनकै पुच्छर बनेर झुण्डिँदै अन्तरात्माको सच्चा उडान भर्नतिर नलागी ससाना कुवा बनाउँदै आविष्कारकको ढोल पिट्ने विचरा अहिलेका साहित्यकारहरूका भेडेजमातका टिठलाग्दा मन बाहिरका आकर्षक अनुहार देखेर नै तम्तमाइलो मन हुनु अहिलेको समय सङ्केत हो ।
यी सङ्कीर्णताबाट मुक्त सच्चा अन्तरात्मिक स्वरूपको सर्वस्व प्राप्तिका लागि सुझबुझसहितको जीवन/जगत्बाट आत्महत्याको माध्यमबाट राजिनामाको दस्तावेज संसारसामु त्यस सुदूर अतीतको सहारा अनिवार्य भएको हो । यो अन्धाधुन्ध स्वार्थको सहरी घोडादौड, कथित टेपरेकर्डर विद्वान् भनिने डाक्टरसावहरूको सुगुरखोरे प्रतिस्पर्धाभन्दा लाख गुना पवित्रताको आँगन मेरो त्यो जन्मपरिवेश रहेछ । यी साइदुवाहरूले वर्गीय स्वार्थका खिचडी पकाउन उक्काएको धर्म निरपेक्षता मेरो जन्मजात सहज उच्छ्वलनको कडी रहेछ ।
भोटे, मगर, घर्ती, राई, लिम्बू, जिरेल, कुसुण्डा, क्षेत्री, बाहुन जम्मैजम्मै जन्मिएको, हर्किएको, खेलेखाएको त्यस ठाउँमा न कतै धर्मका धारहरू पण्डितका टुप्पीले कोर्न सकेका छन् न जातका पर्खालहरू क्षेत्रीबाहुनका चुच्चे नाकले उभ्याउन सकेका छन्, न थेप्चेहरू चुच्चेका अतिवाद असैहृय भए भनेर कतै मुर्दावाद उराल्न चाहेका थिए, छन् । हो, सीमाहरू थिए त्यहाँ पनि- यिनै पण्डितहरूले निर्माण गरेका सीमाहरू । जातभातका सीमा, छुतअछुतका सीमा तर यो पण्डितको कुलमा, पण्डितकै बच्चो भएर जन्मे हुर्के पनि कलेले कलेको चेतनाको तन्तु खुलेदेखि खुलेआम पारम्परित अन्धसंस्कारका जरा उखेल्ने काम अघोषित रूपमा नै गरिरहृयो ।
मेरा वा कलेका समकक्षी मित्रहरू जो वर्षले केही फरक हौँला, सामाजिक अस्मिताका हिसाबले कोही माथि कोही तल हौँला तर अद्यावधि सँगैका यात्रामा रहेका तिनमा अझ यस रोगको मात्रा बढी अहिले पनि छ ।
कखरा नचिन्दै कलेमा यो अज्ञात नवसोच प्राकृतिक शक्तिका रूपमा रहेको रहेछ भन्ने लाग्छ अहिले सम्झदा । कोदो नै कोदाको खेती हुने त्यस ठाउँमा रहेका सबै मान्छेहरू नपाएरमात्र हो नत्र चामलको भात खाने प्रलोभनको इच्छामा रहन्थे । यो उनीहरूको अत्यन्त दुःखी विचार हो । म त्यसबेला पनि यो ठान्थेँ । चेतनामा नभएका चिजहरू खोज्नु राम्रो कुरा हो तर दृश्यजगत्मा भएका भौतिक वस्तुप्रति अनास्था जाग्नु र नभएकामा आस्थाका अङ्कुर उम्रनु आफैँमा दुःखी हुनु हो । सिङ्गो गाउँ यसै दुःखित अवस्थामा थियो भलै विवशतामा प्राण धान्न स्वीकार्नु आफ्ना ठाउँमा छ ।
मेरा वा कलेका समकक्षी मित्रहरू जो वर्षले केही फरक हौँला, सामाजिक अस्मिताका हिसाबले कोहीमाथि कोही तल हौँला तर अद्यावधि सँगैका यात्रामा रहेका तिनमा अझ यस रोगको मात्रा बढी अहिले पनि छ । पुरुषोत्तम अहिले त खान विवश छ तर त्यस बेला नछुन पाए पनि हुन्थ्यो भन्ने मानसिकताको हो । नारद नम्बर एक जिबुल्ले अहिले मजाले खान्छ । यो उसको परिवर्तित विचारको फल हुनसक्छ । कुलप्रसाद कोइराला र मुकुन्दराज दाहाल अहिले पनि ढिँडो भनेपछि तीन बित्ता पर भाग्छन् । ढिँडे, कोदे, कुकुरगुहे जजल्ले जे जे नाम राखे पनि यसप्रतिको लगावको डोरी अहिलेसम्म एकतमास उस्तै रूपमा बाँधिएको छ कलेको तन मन प्रयोग सबैतिर ।
गाउँमा त्यो पनि कोदे गाउँमा चाडपर्व वा पितृकार्यका लागि भनेर परेङ्गका लामा ढुङ्ग्रीमा टीकाका लागि भनेर चामल लुकाएर घरका दलिनमा राल्ने गरिन्छ । अझ रमाइला पक्ष त हरेक छाक खाना खाँदा क्षेत्रीबाहुनका घरमा अप्सानी हाल्न भने थोरै चामल या च्याँख्लाको भात पकाइन्थ्यो । अप्सानीको मात्रा प्रयोग गरेपछि म भात अर्कालाई दिएर त्यस बराबरको ढिँडो आफू लिन्थेँ र आनन्दित भएर खान्थेँ । यो संस्कार चहलपहलको काठमाडौं र विदेशसम्म पुग्दा पनि ममा रहिरहृयो ।
यो एक हिसाबले राम्रो यसर्थ पनि हुँदोरहेछ जसले शारीरिक तन्दुरुस्ती राख्छ । स्वादे जिब्रोको प्रतिस्पर्धात्मक भौतिक उचाइको महङ्गो मारबाट पनि अलग होइने रहेछ । सहरका सानमा बसेर पनि गाउँको स्वभावमा आफ्नो स्वाभिमान उचाली राख्न सक्नुको गौरव अन्तरात्माको सर्वोच्च शिखर र सन्तुष्टिको संसार पनि अनुभूत हुँदोरहेछ । जहाँ जता जसरी पुगे पनि आफू आफूमा नै रहन सक्ने बानी बेहोरा संस्कार स्वभावले खराब त गर्दै गर्दैन असलको उचाइ चाहिँ जति खोज्यो त्यति नै थपिने कुरामा द्विविधा रहँदैन ।
खाना, नाना, छानामा एकरूपता कायम गरेर हामी चेतनाका नवोद्यानतिर निरन्तर लागिरहन सके जीवनको खोज, जीवनको प्रयोग, जैविक अनन्तयात्राको उत्कर्ष जहाँसम्मको क्षमता छ सहज प्राप्त गर्न सकिन्छको आत्मोल्लासभित्रको त्यो क्षण जहाँबाट न कुनै चिजको प्राप्तिमा सन्तुष्टि, न कुनै चिज गुम्नुमा दुःखेसो, न कुनै उन्मादको जन्म, न कुनै निराशाको छट्पटी भेलले हुत्याएर घुम्दै गरेको जेल र आत्महत्या अठोटपछि झल्मलाउँदै गरेका चेतनात्मक तरलत्तर ध्वनिको आनन्दको सङगम समय । यस बिन्दुको विचारमा जीवनव्यवहार र बोलीसमेत घुलेपछिको जीवन कहाँ दुख्छ घाउ ? कहीँ हुँदैन । भएर गीत गाई मख्ख पर्नुको जीवन रङ्गमञ्चको जडता सिवाय केही होइन रहेछ मेरा पुस्ताका पुर्खा कविहरू ! निकै निरीह जीवनका खल्ला रागमा अनूदित हुनु भएछ कि यहाँहरू ??
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच