औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिन्छ : मुख्यमन्त्री आचार्य

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै निजि क्षेत्रका अस्पताललाई समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाह चुस्त बनाउने बताउनु भयो ।

प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिनुभयो । बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो । १२ सय अस्पतालले पूर्णता पाएपछि औषधी व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ ।

'बुटवल आर्थिक हव बन्छ' उहाँले भन्नुभयो- 'प्रादेशिक अस्पतालको भवन निर्माण चालू आर्थिक बर्ष १ अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेको छ ।'

मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राख्नु भयो । औषधी व्यवसायको नाममा हुने लागू औषधको कारोबार र औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने बताउनु भयो । 'व्यवसायीकतालाई ख्याल गरेर अघि बढ्नुस । मानिसको जीवनको संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र हो', उहाँले भन्नुभयो-'स्वास्थ्य क्षेत्रमा यहाँहरुले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु । उपचारको लागि सेवा गर्नु भएको छ। अप्ठ्यारो अवस्थामा पनि औषधीको अभाव हुन दिनु भएन ।'

गुणयुक्त, असरयुक्त, जनसुरक्षित, औषधीको आपूर्ति, हाम्रो प्रतिबद्धता भन्ने मुख्य नारासहित औषधी व्यवसायीको क्षमता अभिवृद्धि गर्न थालिएको छ । औषधी व्यवसायी संघका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले बिषय प्रवेश गराउदै सरकारी स्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याव स्थापना गर्न माग राख्नुभयो । यस्तै बुटवल, दाङ र रुपन्देहीमा औषधी जन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको धारणा राख्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?