धार्मिक सहिष्णुता र सदभाव नै नेपालीको पहिचान हो : उपराष्ट्रपति यादव

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक सहिष्णुता र सदभाव नै नेपाल र नेपालीको पहिचान भएको बताउनु भएको छ।

पश्चिम नवलपरासीको परासीमा आयोजित ओलमा काउन्सिलले आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै यादवले बिश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाको रुपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले सम्मान र आत्मसाथ गरेर अगाढी बढनुपर्नेमा जोड दिनुभयो ।

सत्यको पालन गर्नु र ईमानदारीका साथ जीवन निर्वाह गर्नु, समाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गर्नुभयो ।

१४९९ औं मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, ईस्लाम, बौद्ध, क्रिस्चियन लगायतका धर्मगुरु सहभागी सम्मेलनम देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी धार्मिक गुरुहरुले एक धर्मले अर्को धर्मलाई सम्मान र भातृत्वको रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *