प्रधानमन्त्री ओलीको दाबी : एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिशन-२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गर्नुभएको छ ।

शनिवार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिशन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले भन्ने जिकिर गर्नुभयो । माओवादी केन्द्रले विगतमा निर्वाचनहरुमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४/५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरु छन् । म त्यो आधारहरुको अहिले अहिले धेरै व्याख्या गर्न चाहन्न । आधारहरु छन् हामीसँग । बलिया आधारहरु छन् । यतिबेलै हामीले आफ्नो सारा सामथ्र्य लगाउनु पर्दछ । र, सिशन २०८४ लाई सफल पार्नु पर्दछ । मिशन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ ? त्यो बेग्लै कुरा हो । जनतामा यदि विश्वास हरायो भने मैले एउटा देखेको थिए–स्थापित एउटा पेपरमा हिजो मात्रै होला । माओवादीको १९ लाख भोट भोट कहाँ गयो भन्ने ? गम्भिर प्रश्न, विश्लेषण थियो । मैले हिजो एउटा पत्रिकामा हेरेको थिए । एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि । अवस्था त्यो छ । अब यसको साढे ३ वर्षपछि लेख्दाखेरी ऊसले यसमा कम्सेकम ६/७ लाख भोट घटाएर लेख्नुपर्नेछ । नभएका पार्टी जन्मिए । भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान् नि । खानै जन्मिएकाहरु छन् । अनि तिनका मुखमा चाहीँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि ।’

प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीहरुलाई मात्रै नेपाली जनताले विश्वास गर्ने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *