भोजपुर । संविधानमा ब्यवस्था गरिएका बालबालिकाहरुको अधिकार संरक्षणमा सवै प्रतिवद्ध बन्न जरुरी रहेको भोजपुरमा आयोजित कार्यक्रमका सहभागि बक्ताले जोड दिनु भएको छ ।
६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा भोजपुर नगरपालिका वडा नम्वर ८ मा गठन भएको सुनौलो बाल क्लवको आयोजनामा शनिवार आयोजित कार्यक्रमका सहभागि बक्ताहरुले नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको हुनाले यसलाई कायम राख्न सवै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको धारणा राख्नुभयो ।
बाल क्लवका अध्यक्ष बन्दिप श्रेष्ठको अध्यक्षतामा आयोजित विविध कार्यक्रममा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, वडाध्यक्ष नविन प्रधान, विद्योदय माविका शिक्षक खोमराज धमला, सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक शरणकुमार राई, प्रजातन्त्र प्राविका प्रअ देवी तामाङ लगायतले आआफनो धारणा राख्नुहुँदै बालअधिकारका बिषयमा बालबालिकाहरु पनि चनाखो हुन जरुरी रहेको धारणा राख्नुभयो ।
बाल दिवसका अवसरमा बालबालिकाहरुका बिचमा बिभिन्न मनोरञ्जनात्मक खेलहरु पनि खेलाईएको थियो भने क्लवको पुनगठन समेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच