करेन्ट लागेर एकजनाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा झापाको मेचीनगरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ विरानटोलका ४८ वर्षीय लक्ष्मण कार्की भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

गाईवस्तुलाई खुवाउने कुटी काट्ने क्रममा उनलाई हिजो साँझ अचानक करेन्ट लागेको थियो । उनको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोड मृत्यु भएको हो ।

कुटी काट्ने मेसिनमा बिजुली चुहावट हुँदा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *