काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ ।
केहीबेर अघि समितिले संसद सचिवालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग छलफल सुरु भएको हो ।
प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ ।
हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।
शुक्रवार समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो ।
हिजो सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २७ जनाको खोजविनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच